जनता टाइम्स

५ असार २०७८, शनिबार ०९:०१

जुवाखालबाट रंगेहात समातिए कांग्रेस नेता


नुवाकोट, असार ५ । नेपाली कांग्रेस नुवाकोटका नेता एवं बेलकोटगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हेमनिधी नेपाल जुवाखालबाट पक्राउ परेका छन । वेलकोटगढी ७ कै धानसारस्थित एक व्यक्तिको घरमा जुवा खेलीरहेको अवस्थामा कांग्रेस नेता नेपालसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले जुवाखालबाट ६८ हजार रूपैयाँ बरामद गरेको छ। विगत लामो समयदेखि जुवाको अखडा चालउँदै आएको घरमा वडा अध्यक्षले संरक्षण दिँदै आएका थिए । तर शुक्रवार भने नेपाल आफैँ जुवा खालमा रंगेत हात पक्राउ परेका हुन ।