जनता टाइम्स

७ असार २०७८, सोमबार २०:००

माधवले दिए एमालेमा नबस्ने अर्काे प्रमाण, एकताका लागि प्रयाशरत आफ्नै समुहका नेतालाई धम्की


काठमाडौं, असार ७ । नेकपा एमालेका पूर्वबरिष्ठ नेता माधवकुमार नेपालले एकता भाँडने बक्तब्य दिनुभएको छ । कांग्रेस र माओवादी गठबन्धनमा बिलय हुनुभएका नेता नेपालले आज बक्तब्य दिँदै सहमतिको प्रयाशलाई बिथोलेर एमालेबाट अलग भई माओवादीमा बिलय हुने संकेत दिनुभएको हो ।

‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रप्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो,’ हिजो मात्रै देउवा निवासमा पुगेर एमालेको सवै तहको सरकार फाल्न प्रस्ताव राख्नुभएका नेता नेपालले भन्नुभएको छ । नेपालको पार्टी एकताको लागि हदैसम्मको लचकता एमालेको बिरुद्धमा सवै एक भएर लाग्नु हो भन्ने यो बक्तब्यले देखाएको छ ।

नेपालले एकताका लागि प्रयाशरत आफ्नै समुहका नेतामाथि धम्कीसमेत दिनुभएको छ । ‘असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु,’ नेपालले फेसबुकमार्फत भन्नुभएको छ ।

यस्तो छ माधवको एकता नचाहने बक्तब्य
कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रप्ट बुझ्न सकिन्छ ।स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।
सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ।असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।