जनता टाइम्स

८ असार २०७८, मंगलवार १४:३०

सुनिल थापा समूहका ५५ जना नेता भए कांग्रेस महासमिति सदस्य (सूचीसहित)


काठमाडौं, असार ८ । राप्रपा महामन्त्री छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका पूर्वमन्त्री सुनिलबहादुर थापाको समूहले कांग्रेसको १४ औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य पाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले सहमहामन्त्री थापासहित राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका केन्द्र र जिल्ला तहका नेताहरुलाई महासमिति सदस्यमा समायोजना गरेको हो । महासमिति सदस्यमा समायोजना हुनेमा नेताहरु रामकृष्ण भट्टराई, विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, किरण गिरी, दिलिप राई, कृष्णबहादुर भट्टराईसहितका विभिन्न तहका नेता हुनुहुन्छ ।

महासमिति सदस्य हुनेमा मोरङसहित धनकुटा, सिन्धुपाल्चोक, भोजपुर, बारा, काठमाडौं, ललितपुर, झापा, कपिलवस्तु, रामेछापका नेता हुनुहुन्छ ।