काठमाडौं, असार ८ । सत्तारुढ नेकपा एमालेले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन बदर गर्ने सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेल्ने प्रतिक्रिया दिएको छ ।
अदालतको आदेशपछि प्रतिक्रिया दिँदै एमाले प्रवक्ता प्रदिप ज्ञवालीले अन्तरिम आदेशलाई अप्रत्याशित भन्दै अदालत यस्ता विषयमा प्रवेश गर्दा राजनीति थप जटिलतातर्फ धकेलिने बताउनु भयो । अदालतका निर्णयहरुलाई एमालेले सधैं मानेको तर यस्ता आदेश र फैसलाहरुले ल्याउने जटिलताबारे विचार विमर्श हुनुपर्ने पार्टीको प्रष्ट धारणा पनि प्रवक्ता ज्ञवालीले राख्नुभएको छ ।
‘एमालेले अदालतका निर्णयहरुलाई सधैं मानेको छ, तर यस्तो अन्तरिम आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेल्छ, यसबारे बिचार बिमर्श हुनुपर्छ,’ प्रवक्ता ज्ञवालीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्