जनता टाइम्स

८ असार २०७८, मंगलवार २२:४१

सर्वोच्चको निर्णयप्रति सूर्य थापाको तीन गम्भीर प्रश्न


काठमाडौं, असार ८ । सर्वोच्च अदालतको मंगलवारको एक निर्णयले नेपाली राजनीतिमा धेरैको चासो बढेको छ । विभिन्न दलका नेताहरुले सर्वोच्च अदालतको निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन् । यसैक्रममा सरकारको तर्फबाट आधिकारिक कुनै टिप्पणी नभएपनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिनुभएको छ ।

उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु भन्दै प्रश्न गर्नुभएको छ । त्यसैगरि उनकै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु भन्दै अर्को प्रश्न गरेका छन् । थापाले भन्नुभएको छ , ‘देउवालाई २०७४ अधिकार थियो,अहिले ओलीलाई छैन ? प्रतिष्ठा कायम रहोस्, बस ’ मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ? भन्दै उहाँको अर्को प्रश्न छ।

यस्तो छ थापाको प्रश्न

२०७४ असोज र २०७८ असारका बीच श्री सर्वोच्च अदालतले गरेको फैसलामा देखिएको यो के हो ? आफ्नै नजीर र व्याख्याविपरित रहेको हिजोको फैसला विरोधाभाषपूर्ण र आश्चर्यजनक रहेको छ। संविधान र कानुनको व्याख्यामा यस्तो परस्परविरोधी अभ्यासले कहाँ पुर्याउने होला ?
प्रचण्डले एकदिनअघि गरेको भाषण र सर्वोच्चको एकदिन पछिको फैसला हुबहु किन मिलेको होला ?
यो सेटिङ हो कि के हो ?
माधवं रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु ?
योचाहिँ के भएछ– संयोग मात्रै कि अरू केही ?
देउवालाई २०७४ मा मन्त्रिपरिषद विस्तारको अधिकार थियो,अहिले ओलीलाई चाहिँ छैन ?
सर्वोच्च अदालत आफ्नो प्रतिष्ठामा कायम रहोस्,बस !
मन्त्री बनाउने, बजेट वक्तव्यको संशोधन/सम्पादन वा कुनै बुँदा खारेज गर्ने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?

Image
Image
Image
Image