जनता टाइम्स

९ असार २०७८, बुधबार १४:४१

दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरभेटी प्रधान रिहा


काठमाडौ, असार ९ । एक दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी घरभेटी सरस्वती प्रधान रिहा हुनुभएको छ ।

जिल्ला सरकारी वकिलको आदेशमा प्रधानलाई हाजिरी जमानीमा छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको हो ।
प्रहरीले थप अनुसन्धानका लागि मिसिल सिंहदरबार वृत्तमा पठाइएको र प्रधानलाई रिहा गरिएको जनाएको छ । प्रधानलाई प्रहरीले तीन दिनअघि पक्राउ गरेको थियो । काठमाडौंको नेवार समुदायले प्रधानलाई निशर्त रिहा गर्न माग गर्दै प्रदर्शनसमेत गरेको थियो ।