जनता टाइम्स

९ असार २०७८, बुधबार १७:५३

नेपाल निकट युवा नेताले निर्वाचन आयोगमा दर्ता गरे नेकपा (एकीकृत) पार्टी , चुनाव चिह्न कलम


काठमाडौं, असार ९ । निर्वाचन आयोगमा नेकपा एकीकृत नामको राजनीतिक दल दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपाल निकट युवा नेता जीवन राईले दिएको दल दर्ताको निवेदन अनुसार दर्ता भएको हो ।

राईले आज आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन्। एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता राईले दल दर्ताका लागि वैशाख ७ गते आयोगमा निवेदन दिएका थिए। आयोगको जेठ ३० गतेको बैठकको निर्णय अनुसार आज प्रमाणपत्र प्राप्त गरेको हो । राई अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कलम छ। उनको दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष रहेका छन्। कार्यसमिति २५ सदस्यीय छ।