काठमाडौँ, असार ९
किर्ते हस्ताक्षर गरेर प्रधानमन्त्री वन्दै लाग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिदिएपछि रन्थनिएका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री वन्न अनेक उपाय खोज्दै हुनुहुन्छ । नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समुह र जसपाकोे उपेन्द्र यादवसमुहसँग मिलेर उहाँले गरिरहेका हालसम्मका प्रयास असफल हुँदै आएका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि उहाँमा अझै पनि प्रधानमन्त्री वन्ने झिनो आशा वाँकी नै छ। तर, संसद विघटनपछि मन्त्री परिषद विस्तार गरेको विरुद्ध परेको रिटमा मंगलवार अदालतले जारी गरेको अन्तरिम आदेशले संसद पुनर्स्थापना नहुने संकेत देखिएपछि देउवामा फेरी छटपटी सुरु भएको हो। अन्तरिम आदेशमा अहिलेको सरकारलाई कामचलाउ सरकार भन्नुले संसद विघटनलाई मान्यता दिने संकेत गर्दछ।
अदालतले संसद नै नरहेकोले प्रधानमन्त्री पनि संसद सदस्य नरहेको जनाएको छ। यहि छटपटी कारण कारण उहाँले वुधवारका लागि विपक्षी गठवन्धनको वैठक बोलाउनुभएको हो । आफ्नै निवास बुढानीलकण्ठमा साँझ पाँच बजे देउवाले माओवादी, एमालेको वरिष्ठ नेता नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चासम्मिलित गठबन्धनको बैठक बोलाउनुभएको हो ।
साँझ पाँच बजे सभापति देउवाले गठबन्धनको बैठक बसेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र परिस्थितिबारे छलफलका एमाले वरिष्ठ नेता नेपाल, माओवादीअध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका प्रतिनिधिलाई बोलाइएको देउवाको सचिवालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्