काठमाडौं, असार १० । बिभिन्न चराचुरुंगीको आवाज निकालेर निकै चर्चामा आएकी सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका अभियुक्तले सेक्स गर्न नदिएपछि हत्या गरिदिएको बयान दिएका छन । सन्तोषी हत्याको अभियोगमा काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका एक बसका खलासी २८ वर्षीय सुरेश तिमिल्सेनाले यस्तो बयान दिएका हुन ।
‘अभियुक्तले पैसा दिएर यौन सम्पर्क राख्न खाजेको, पीडितले नमानेपछि हत्या गरेको बयान दिएको छ, अटनास्थल हेर्दा र उस्को सरीरमा चोट देख्दा बलात्कार प्रयाश भएको देखिन्छ,’ अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका एक अधिकृतले जनताटाइम्स्सँग भने ।काठमाडौंको कालोपुलमा बस्दै आएकी सन्तोषी मंगलबार दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा मृत फेला परेकी थिइन । घटनास्थलको मुचुल्का र मृतकको अवस्थाबारे प्रहरीको प्रारम्भिक अनुसन्धानमै उनको हत्या भएको खुलेको थियो । घटनाको महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरले अनुसन्धान गरेको थियो ।
अभियुक्त चिमिल्सेनाले प्रहरीमा दिएको बयानअनुसार उनले सन्तोषीलाई आफ्नो ‘बसमै सुतौं’ भनेर प्रस्ताव गरेका थिए । ‘सन्तोषीलाई पाँच हजार दिएँ । सेक्स गर्नका लागि शौचालयतर्फ लगेर गएँ । मान्दै नमानेपछि मारिदिँए,’ अभियुक्तको भनाई उधृत गर्दै अनुसन्धानमा संलग्न अर्का अधिकृतले जनताटाइम्ससँग भने । प्रहरीले अभियुक्त सुरेशकै कोठाबाट सन्तोषीले प्रयोग गर्दै आएको मोबाइल बरामद गरेको छ । घटनास्थलबाट बरामद प्रमाण र सुरेशको साथबाट बरामद भएको प्रमाणले हत्यामा उनको संलग्नता पुष्टि भइसकेको प्रहरीको भनाई छ ।
सन्तोषी काठमाडौंको कालोपुलमा धनबहादुर तामाङकी धर्मछोरी बनेर बस्दै आएकी थिइन् । उनी धनबहादुरसँग १७ वर्षदेखि बस्दै आएको देखिएको छ । प्रहरीका अनुसार सन्तोषी हत्या हुनु भन्दा तीन दिनदेखि सम्पर्कमा थिइनन । धर्मबुवा धनबहादुरलाई ‘गंगटो’ खोज्न जान्छु भन्दै उनी घरबाट निस्किएकी थिइन । कालोपुलस्थित घरबाट निस्केपछि उनी फर्पिङ पुगेर होटेलमा एक बसेको पाइएको छ । सोही होटलमा उनको अभियुक्त सुरेशसँग भेट भएको प्रहरीको अनुसन्धानले देखाएको छ । दक्षिणकालीको सोही होटेलमा चियाँ खाने क्रममा सन्तोषीको असार ६ गते आइतवार सुरेशसँग भेट भएको देखिएको प्रहरीको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्