जनता टाइम्स

११ असार २०७८, शुक्रबार ०९:२४

काठमाडौँमा टिपर आतंक, गोकर्णेश्वरमा साइकल यात्रीको लियो ज्यान


काठमाडौं, असार ११ । काठमाडौंको गोकर्णेश्वरमा आज बिहान टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।