जनता टाइम्स

११ असार २०७८, शुक्रबार १०:२७

प्रचण्डलाई शंकर पोखरेलको कडा काउन्टर


काठमाडौं, असार ११ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्वराजालाई गुहारेको भन्दै कडा प्रश्न गर्नुभएको छ ।

एमाले नेतासमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले प्रचण्डको पछिल्लो अभिब्यक्तिले राजनीतिलाई अराजनीतिक बनाउने खेलमा अव बाँकी केही नरहेको आफ्नो निश्कर्ष पनि राख्नुभएको छ । ‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाऊन पूर्वराजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र ?,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले बिहीवार राष्ट्पतिको बिरुद्ध तथानाम बिषबमन गर्दै पर्वराजाको वकालत गर्नुभएको थियो । उहाँले राष्ट्रपति भन्दा पूर्वराजाको शान, मान र इज्जत रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको थियो ।