जनता टाइम्स

११ असार २०७८, शुक्रबार १३:१७

सिन्धुपाल्चोकको क्षती बिवरणसहित एमाले बागमतिले प्रधानमन्त्रीलाई बुझायो १८ बुँदे ज्ञापनपत्र


काठमाडौं, असार ११ । नेकपा एमाले बागमति प्रदेश कमिटीले सिन्धुपाल्चोकको बाढी पहिरोबाट भएको क्षतीका बिवरणसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई प्राकृतिक प्रकोपबाट सिन्धुपाल्चोक अत्यन्तै पीडामा रहेको भन्दै तात्कालिन, अल्पमालिक र दिर्घकालिन रुपमा ब्यवस्थापन गर्न सुझावसहित ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रको पूर्णपाठ
संमाननीय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्रीको कार्यालय
नेपाल सरकार, सिंहदरवार, काठमाडौं ।

विषय : सिन्धुपाल्चोकमा बाढी पहिरोले पुर्याएको क्षतिको सम्बोधन गर्ने सम्बन्धमा ।

प्रस्तुत विषयमा २०७८ असार १ गते साँझ सिन्धुपाल्चोका मेलाम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीले जिल्लाका मेलाम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँ पालिकाका छ वटा बजार तथा मानव बस्ती चनौटे, मेलाम्ची, ग्याल्थुम, तालामारांङ, हल्दे, तिम्बु तल्लो बजार र सो आसपासका बस्तीहरुमा बाढी पहिरोले ल्याएको ढुंगा गिटी तथा लेदोका कारण उक्त मानव बस्तीहरुमा पुरै क्षति पुर्याई ठुलो संकट पैदा गरेकोछ ।
बाढी पहिरोबाट भएका क्षतीको विवरण ः

  • बाढी पहिरोका कारण १६ जनाको मृत्यु ,
  • ४०० परिवार विस्थापित, (३३७ वटा घर र ६० वटा गोठ ),
  • ६ वटा मोटर पुल,
  • १३ वटा झोलुंगे पुल बगाएको,
  • हेलम्बु २ को किउल बगरमा रहेको प्रहरी चौकी भवन लडाएको,
  • २ वटा विद्यालय (सरस्वती मा.वि. हेलम्बु र तेर्से मावि तालामाराङ) भवन उच्च जोखिम रहेको,
  • सडक मार्ग भत्किएर बगरमा परिणत भएको, पहिरोले पुरेको र लेदो थुप्रिएर पुरै यातायात बन्द भएको,
  • खनेपानी प्रणाली अवरुद्ध भई खनेपानीको अभाव भएको,
  • नदी आसपासका सिचाई कुलो पुरै बगाएको,
  • नदी किनारका घरहरुमा हिलो, लेदो पसी बस्न नहुने भएको,
  • १० वटा ट्राउट माछा फर्म, भैसी फर्म, बंगुर फर्म र रिसोर्ट बाढीले बनाएको,
  • नदीले आफ्नो वहाव परिवतर्न गरी जथाभावी बगिरहेको छ ,
  • मेलाम्ची खानेपानी आयोजनामा अपूर्णिय क्षति भएको ,
  • विद्युत प्रसारण लाईन अवरुद्ध
  • बैंकबाट रिण लिई विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको बैंक किस्ता भुक्तानिमा समस्या भएको
    उल्लेखित विषयमा सो स्थानका जनसमुदायले भोगीरहेका समस्याहरुलाई यथासिघ्र सम्बोधन गरी मृतक परिवारलाई क्षतिपूर्ति, राहत र विस्थापित ४०० परिवारलाई रहात र पुनस्र्थापना, नदीहरुको नियन्त्रण, विग्रे भत्केका संरचना (खानेपानी, विद्युत, सडक, पुल) को तत्काल पुननिर्माण गर्नका लागि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश अधिवेशन आयोजक कमिटीेको तर्फबाट हार्दिक अनुरोध गर्दछौं ।
    निम्न लिखित मागहरु तत्कालै सम्बोधन गर्न नेपाल सरकारलाई हार्दिक अनुरोध छ ।
    १) मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारद्वारा गरियोस्् ।
    २) बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे गरी दिर्घकालिन एकिकृत पूनः निर्माणको लागि लागत इस्टिमेट अनुसार बजेटको व्यवस्था गरी तत्कालै कार्य प्रारम्भ गरियोस् ।
    ३) विस्थापित ४ सय परिवारको अस्थाई बसोबासको लागि प्रति परिवार ८ बन्डल जस्ता पात उपलब्ध गराई अस्थायि बासस्थान निर्माण गर्ने व्यवस्था गरियोस् ।
    ४) नदि किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्ने र भत्केका घरहरुको पूननिर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गरियोस् ।
    ५) बिग्रे भत्केका मोटर बाटोहरुको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गरियोस् ।
    ६) भत्केका मोटर पुलमा अस्थाई (बेलीव्रिज वा कजवे निर्माण गरी) मोटर बाटो सञ्चालनमा ल्याउने र मानिस आवत जावतको लागि तत्कालै झोलुृङ्गे पुल निर्माण गरियोस् ।
    ७) ध्वस्त भएको सञ्चार र विद्युत प्रशारणको लाईनको मर्मत गरी तत्कालै विद्युत आपूर्ति सञ्चालन गरियोस् ।
    ८) ध्वस्त सबै खानेपानीका मूहान र संरचनाहरु मर्मत सुधार गरी मुहानको संरक्षण, फिल्ट्ररेशन सहित सफा खानेपानीको व्यवस्था तत्कालै गरियोस् ।
    ९) राष्ट्रिय गौरवको आयोजना मेलम्चीको मुहानमा भएको क्षतिको मर्मत सुधार गरी काठमाडौंमा पिउने पानीको आपूर्ति गरियोस् ।
    १०) भत्केका दुईवटा विद्यालय सञ्चालनको लागि तत्कालै सुरक्षित स्थानमा त्ीऋ निर्माण गरी पठन पाठन सुचारु गरियोस् ।
    ११) बाढिबाट क्षति ग्रस्त भएका प्रहरी चौकीको पूनःस्थापना गरी जनताको जिउँधनको सुरक्षाको अतिरिक्त व्यवस्था गरियोस् ।
    १२) बाढिका कारण आउन सक्ने महामारी, पानी जन्य रोग तथा अन्य सरुवा रोग रोकथाम नियन्त्रण र उपचारको लागि स्वास्थ्य शिविर सञ्चालन गरियोस् ।
    १३) बाढि पहिरो बाट विस्थापित जनसमुदायलाई तत्कालै खाद्यान्न र अन्य राहतको उचित प्रवन्ध गरियोस् ।
    १४) नदि किनारमा तार जाली लगाई नदिलाई आफ्नो पुरानो मार्गमा फर्काउने व्यवस्था गरियोस् ।
    १५) हरेक वर्ष सिन्धुपाल्चोकमा बाढि पहिरोबाट हुने क्षतिबाट जनतालाई जोगाउन सुरक्षित स्थानमा एकिकृत आवास निर्माण गरी स्थानान्तरण गरियोस् ।
    १७) नदि किनारमा सञ्चालन भएका कृषि बाली, पशु चौपाय, कृषि फर्म होटल, रिसोर्ट, पसल र अन्य व्यवसाय सञ्चालन गर्नेहरुको लगानी संरक्षण गर्न बैंकको व्याज मिनाहा र कर्जा पूनः संरचना गर्ने व्यवस्था गरियोस् ।
    १८) नदि किनारामा बाढीको पूर्व जानकारी दिने साईरन तत्काल जडान गरियोस् ।

आनन्द प्रसाद पोखरेल
अध्यक्ष