जनता टाइम्स

११ असार २०७८, शुक्रबार १८:०४

फास्टफुड एशोसियसनद्धारा व्यवसाय खोल्ने वातावरण निर्माण गर्न उपत्यकाका सिडियोलाई ज्ञापनपत्र


काठमाडौं, असार ११

फास्टफुड एशोसियसन नेपालले व्यवसाय खोल्ने सहज वातावरण निर्माण गर्न उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिएको छ । एशोसियसनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुली, ललितपुरका ढुण्डी प्रसाद निरौला, र भक्तपुरका प्रेम प्रसाद भट्टराईलाई भेटेर विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

एशोसियसनले सामाजिक दूरी कायम गरी स्वस्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दै फास्टफुड रेस्टुरेन्ट, होम प्याकिङ डेलिभरि, टेकव सेवा सञ्चानल गर्न ध्यानाकर्षण गरेको हो । त्यस्तै रेस्टुरेन्ट पेसा, व्यवसायलाई टेबल सेवा सञ्चालन गर्नका लागि सहज वातावरण निर्माण गर्न आग्रह गरेको हो ।

एशोसियसन नेपालका अध्यक्ष केशर बहादुर श्रेष्ठ, उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव होमराज श्रेष्ठ, पूर्व महासचिव राजनारायण श्रेष्ठ, केन्द्रिय सदस्य राकेश श्रेष्ठसहितको संयुक्त टोलीले आज उपत्यकाका सबै जिल्लाका प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाउनुभएको केन्द्रिय सदस्य राकेशले बताउनुभयो । उहाँले केही समयमा नै आफूहरुको माग सम्बोधन हुनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।