जनता टाइम्स

११ असार २०७८, शुक्रबार १९:१७

बाढीपीडितको सेवामा निरन्तर जुट्दै युवा संघ, हेलम्बुपछि मनाङ पुगेर राहत हस्तान्तरण


काठमाडौं, असार ११

नेकपा (एमाले) को भातृ युवा संगठन राष्ट्रीय युवा संघ नेपालले मनाङको नासो गाउपालिका वडा–१ ,स्थित ताल पुगेर राहत सामाग्री हस्तान्तरण गरेको छ। बाढीपिडीतहरुको सहयोगमा निरन्तर जुटीरहेको छ युवा संघ नेपाल केहि दिनअघि सिन्धुपाल्चोककको हेलम्बु पुगेर राहत वीतरण गरेको थियो ।

संघले हिजो मनाङका बाढीपिडीतहरुलाई १५ लाख बराबरको राहत सामग्री र ३ लाख नगद हस्तान्तरण गरेको छ। काठमाडौमा संघका इञ्चार्ज एवं पूर्वमन्त्रि महेश बस्नेतले विदाई गरेको टोलि अध्यक्ष किरण पौडेलको नेतृत्वमा उपाध्यक्षद्व अमित लामा र क्षितिज थेवे, महासचिव रमेश आचार्यलगायतका केन्द्रिय नेताहरु नै त्यसतर्फ प्रस्थान गरेको थियो।

अध्यक्ष किरण पौडेलले दिएको जानकारी अनुसार एक ट्रक र ५ पिकअप गाडी सहित ३७ जनाको केन्द्रिय टोलि, थप स्थानिय कार्यकर्तासहित लमजुङको बाउन डाँडासम्म पुगेपछि सोहि स्थललाई बेस बनाएर अघि बढेको हो ।

बाउन डांडा बेस बनाइ त्यहाँबाट ६ ट्रीप हेलिकप्टरबाट मनाङको तालसम्म सामग्री पुर्याएको र बाँकि सामग्री स्थलमार्गबाटै संघका स्थानिय कमिटीले तालसम्म पुर्याएको पौडेलले बताउनुभयो । मनाङ लगिएको राहत सामाग्रीमा चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्ल्यान्केटलगायत समेटिएको थियो।