जनता टाइम्स

११ असार २०७८, शुक्रबार २०:५२

सीडीओको अनुमतिले सामाजिक अभियान्ताको नाममा उत्पात मच्चाउने ‘ग्याङ’को निद हराम


काठमाडौं, ११ असार । आफूलाई कथित सामाजिक अभियन्ता बताउने टीका संग्रौला उर्फ ज्वाला संग्रौलासहित तीन जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय (सीडीओ) काठमाडौंले अनुमति दिएको छ ।

अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी अशोक सिंहले जानकारी दिनुभयो । संग्रौलासँगै हिमाल उपाध्याय र शर्मिला वाइबा पनि पक्राउ परेका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ परेका तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न असार ७ गते प्रहरीलाई तीन दिनको समय दिएको थियो ।युवा संघकी केन्द्रीय सदस्य खुश्बु घिमिरेले आफूमाथि संग्रौलाको समूहले प्रहरी कार्यालयभित्रै कुटपिट गरेको गरेको भन्दै उजुरी दिनुभएको थियो ।

प्रहरीले उनीहरूलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको छ । उनीहरूमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।संग्रौलाको समूहमाथि जातीय विभेद र सरकारी कागजात कीर्ते गरेको विषयमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।घिमिरेमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको भन्दै प्रहरीमा उजुरी पुगेको थियो ।संग्रौलाको समूहले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी प्रभाग, महाराजगञ्जका असई मणिकान्त झामाथि समेत प्रहरी कार्यालयभित्रै पुगेर जातीय र साम्प्रदायिक विभेद हुने अभिव्यक्ति दिएका थिए ।

नेपालमा पछिल्लो पटक भुकम्प पछि देखिएका सामाजिक अभियान्ता राज्यको कानुन भन्दा माथि रहेको आफुहरु सवै विषयमा विज्ञ बनेको भन्दै अल्प ज्ञान बोकि हिड्नेहरु धेरै देखिएका छन् । यसरी आफूलाई सामाजिक अभियान्ता भनेर चिनाउनेहरुले अरुसंग मागेर समाज सेवा हुदैन भन्ने बुझन आवश्यक छ । समाज सेवा गर्नलाई तन मन धनले सेवा गर्नुपर्छ आफुलाई सामाजिक अभियान्ता भन्ने निमुखाहरुको मानविय सम्वेदना वेचेर आफु धनि बन्ने यस्तो घृणित कार्य गरिरहेको एक समाजशास्त्रीले बताउनुभयो ।

नेपाल पछिल्लो पटक देखापरेका समाज सेवाको नाममा ठगी सेवा चलाएका बताउनुहुन्छ । उहाका अनुसार अहिले जति पनि समाज सेवा गर्छूभनेर आएका छन् उनको विगतलाई ध्यानपूर्वक हेरिनुपर्छ । पछिल्लो देखिएका सामाजिक अभियान्ता भनेर आफूलाई चिनाउन खोज्नेहरुको पुलिस रिपोर्ट खोज्नुपर्ने तथा उनिहरुको नामका रहेको सवै सम्पतिबारे छानविन गरिनुपर्छ । समाज सेवाको नाममा भएका यस्ता विकृति विसंगति रोक्न राज्य गम्भिर बन्नुपर्छ । हैन भने भोली विहान बेरोजगारहरु सवै समाजसेवीको नाममा ठगी धन्दा मौलाउन सक्ने समाजशास्त्रीहरु तर्क ब्यक्त गर्छन ।