जनता टाइम्स

११ असार २०७८, शुक्रबार २१:०४

शारीरिक सम्बन्धलाई सुखमयबनाउन के गर्ने ?


के साँच्चीकै शारीरिक सम्बन्धलाई सुखमय बनाउने हो ?
शारीरिक सम्बन्धले मानव जिवनमा विशेष महत्व राख्दछ । अझ वैवाहिक जीवनमा यसले निकै महत्वपूर्ण भूमिका खेल्छ ।
यदि आफ्नी जीवनसाथीको यौनसम्बन्धी अनुभूतिलाई सुन्दर बनाउन चाहनुहुन्छ भने अर्गाजम महसूस गराउन सहयोग गर्नुहोस् । केही तरिका यसप्रकार छन् जसले तपाईंलाई सहयोग गर्न सक्छन् :

१। फोरप्ले :

चरम आनन्दका लागि फोरप्लेको अहम् भूमिका रहन्छ । उनीहरुसँग यौनसम्बन्धी कुराकानी गर्ने, रोमाञ्चक वातावरणको सृजना गर्ने, शरीरका विभिन्न भागलाई सुम्सुम्याउने अथवा चुम्बन गर्ने आदि क्रियाकलापले महिलालाई उत्तेजित बनाउन सकिन्छ । विशेषगरी, फोरप्लेले महिलालाई उत्तेजित गर्दछ जसका कारण योनिमा तरल पदार्थ आउनुका साथै योनि खुल्न पनि सहयोग गर्दछ । यसले यौन क्रिया र चरम आनन्दमा निकै सहयोग गर्दछ । यदि यी कुनैपनि क्रियाकलाप नगरीकन सिधै यौनसम्पर्क गर्नुभयो भने महिलालाई असह्य पीडा हुन्छ । अनि उनले माथि भनेजस्तै झुटको सहारा लिन्छिन् । अनि यदि तपाई महिला पार्टनर हुनुहुन्छ भने पुरुषलाई उत्तैजित पारेर मात्र तयार हुनुहोस् ।

२। क्लिटरिस प्ले :

चरम आनन्दका लागि क्लिटरिस प्ले अर्थात् योनिको भागलाई खेलाउनुले पनि सहयोग गर्दछ । हातले योनिलाई चलाउनु अथवा मुखमैथुन गर्नाले महिलाहरु उत्तेजित हुन्छन् जसले उनीहरुलाई अर्गाजममा पुर्याउन सहयोग गर्दछ । यसो गर्दा यौनसम्पर्कको लागि पनि सहज हुन्छ ।

३। यौनसम्बन्धी कुराकानी :

कतिपय जोडी यौनसम्बन्धी कुरा गर्न हिच्किचाउँछन् । तर, यौनसम्बन्धी कुराकानी गर्नाले एकअर्काको धारणा बुझ्न सकिन्छ । दुवैले आफूलाई मन पर्ने यौन आसनको बारेमा पनि थाहा पाउन सकिन्छ र दुवैको रुचिलाई पहिल्याई महिलालाई चरम आनन्दको अनुभूति दिलाउन सकिन्छ । तपाई पार्टनरको लागि सबथोक बन्न तयार हुनुहोस् अनिमात्रै पार्टनरको मन बहकिँदैन ।

४। सुरक्षित सम्बन्ध :

यौन कल्पनालाई वास्तविक जीवनमा प्रयोग गर्नुभन्दा पहिला आफ्नो जोडीलाई सुरक्षित यौन सम्बन्धको लागि भरोसा दिलाउनुपर्छ ताकि उनीहरुमा कुनै किसिमको लाज र संकोच नहोस् र उनीहरु सहज महसूस गर्न सकून् । यदि महिलाहरुले कुनै पनि कारणले असहज महसूस गरे भने चाहेर पनि उनीहरुलाई चरम आनन्द प्रदान गर्न सकिँदैन ।