जनता टाइम्स

१२ असार २०७८, शनिबार ०९:२३

एनआएनए जापानमा लफडा, अनियमितता गर्नेमाथि कडा कार्वाही गर्न पूर्वअध्यक्ष थापाको माग


टोकियो, असार १२ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष सुदन थापाले संस्थाको आर्थिक घोटाला गर्नेलाई उन्मुक्ति नदिन अनुरोध गर्नुभएको छ । पूर्वअध्यक्ष थापाले एनआरएनए जापानको आर्थिक घोटाला गर्नेलाई उन्मुक्ति नदिन आईसीसीसँग सार्वजनिक रूपमा माग गर्नुभएको हो ।

पछिल्लो समय एनआरएनए जापानमा आर्थिक अनियमितता भएको उच्चस्तरीय छानबिन समितिले रिपोर्ट सार्वजनिक गरेको थियो । एनआरएनए जापानका पूर्वअध्यक्ष तथा आईसीसी युवा संयोजकको समेत भूमिका निर्वाह गरिसक्नु भएका थापाले जापानबाट प्रतिनिधित्व गर्ने एनआरएनए आईसीसी पदाधिकारी बोक्सी पनी आफै धामी पनी आफै,आर्थिक अनियमितता प्रकरण सामाजिक संजालमार्फत ब्यंग्य गर्नुभएको छ ।
थापाका अनुसार संस्थामा रहेर संस्थाको आर्थिक अनियमितता गर्ने संस्थाको आर्थिक दोहन गर्ने र संस्थाको नामबाट अनैतिक आर्थिक अनियमितता गर्ने जो कसैले उन्मुक्ति पाउनु हुन्न । उहाँले पदीय जिम्मेवार व्यक्तिहरुबाट सामाजिक तथा कानुनी दण्डसहित अपचलन भएको सम्पूर्ण रकम असुल उपर गरी उठाउनु एनआरएनए आईसीसीसंग अनुरोध पनि गर्नुभएको छ ।

अनियमितता छानबिन समितिबाट आएको प्रतिबेदन प्रस्ट हुदा हुदै पनि एनआरएनए आईसीसीबाट अनियमिततामा संलग्न पदाधिकारीहरुलाई कारबाही मात्र हैन संस्थाले गुमाएको रकम एबम् संस्थाको पदमा बसेर आर्थिक अनियमितता गरेको सम्पूर्ण रकम फिर्ता गर्न पहल गरिएन भने एनआरएनए जापानको पूर्वअध्यक्षको हैसियत तथा एनआरएनए सदस्यको हैसियतले जापानको कानुनी व्यवस्था अनुसार आर्थिक अनियमितताको छानबिन र कानुनी उपचारमा जाने जानकारी समेत गराउनु भएको छ ।