जनता टाइम्स

१३ असार २०७८, आईतवार १६:३४

आफ्नै बुवाको हत्या अभियोगमा छोरा पक्राउ


खोटाङ, असार १३ । आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन । प्रहरीले ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बस्ने उनकै छोरा २८ वर्षीय सुबर्ण राईलाई आज बिहान पक्राउ गरेको हो ।

सुबर्णले चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । सो घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।