जनता टाइम्स

१३ असार २०७८, आईतवार २१:५३

भारतको इसारामा विपक्षी गठबन्धनले भाँडभैलो मच्चाइरहेका छन् – नेता बिजुक्छे


काठमाडौं, १३ असार । बरिष्ठ वामपन्थी नेता तथा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विपक्षी गठबन्धनलाई भारतको धाप रहेको आरोप लगाउनुभएको छ । भारतको इशारामा विपक्षी गठबन्धनले देशमा भाँडभैलो मच्चाउन खोजेको भन्दै बिजुक्छले माधव नेपालले दलीय प्रणालीको हुमर्त लिएर विपक्षी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको आरोप लगाउनुभयो ।

बिजुक्छेले भन्नुभयो देशमा यस्तो महामारी भएका बेला यहाँ जे भइरहेको छ भारतको इसारामा उपद्रो गराइदैछ । पाँच दल भनिएको विपक्षी गठबन्धन भारतको उक्साहटमा छ । माधव नेपालले एमालेमै रहेर अर्को पार्टीलाई कसरी प्रधानमन्त्री बनाउन सक्छन् ? बिजुक्छेले विपक्षी गठबन्धन चुनावका लागि बनेको हुनसक्ने भन्दै अहिले केपी ओलीभन्दा गतिला विपक्षी गठबन्धनका नेताहरु नभएको टिप्पणी गर्नुभयो । विघटित प्रतिनिधिसभामा एक सांसद रहेको नेमकिपा सत्ता पक्ष र विपक्ष कतैतिर खुलेको छैन । नेमिकपाले प्रतिनिधिसभा विघटनको भने समर्थन गर्दै चुनावले नै निकास दिने बताएको छ ।