जनता टाइम्स

१४ असार २०७८, सोमबार १७:०७

ज्वाला संग्रौलालाई पुनः ४ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं, १४ असार ।आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलाले पुनः ४ दिन हिरासतमा बस्नुपर्ने भएको छ।थप ४ दिन प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपिएको हो।अहिलेसम्म उनलाई ९ दिनसम्म हिरासतमा राखिसकिएको छ। अभद्र व्यवहारको कसुरमा ज्वालासहित अन्य २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।