काठमाडौं, असार १४
राष्ट्रिय युवा परिषद्ले संघीय युवा संसद अभ्यासको कार्यक्रम गर्ने भएको छ । असारको २८ गतेदेखि सुरु हुने अध्यास ३० गते सम्पन्न हुने परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताउनुभयो । परिषद्ले गर्दै आएको विभिन्न काममध्ये यस अभ्यास झनै महत्वपूर्ण हुने बताउनुभयो । उहाँले यस अध्यासमा देशभरका युवाहरुले भाग लिनका लागि आफूहरुले फाराम समेत तयारी गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘थोरै खर्चमा धेरै परिणाम निकाल्ने हेतुले विभिन्न कार्यक्रम गर्दै आएका छौं । यस कार्यक्रमका लागि पनि थोरै बजेट छ, तर युवाहरुलाई संसदको अध्यास गराउन कार्यक्रम आयोजना गरेका हौं, यसका लागि अनलाईन फाराम समेत खुलिसकेको छ ।’ त्यस्तै कार्यकारी उपाध्यक्ष ढुंगेलले परिषद्ले कम खर्चमा धेरै र प्रभावकारी काम कसरी गर्ने भन्दै सबैसँग सुझाव समेत लिँदै आएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्