जनता टाइम्स

१४ असार २०७८, सोमबार २१:४३

डिआईजी सहकुल थापा एआईजी बढुवाको लागि सिफारिस



काठमाडौं, १४ असार ।  नेपाल प्रहरीका डिआईजी सहकुलबहादुर थापा एआईजी बढुवाको लागि सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको हो ।
एआईजी बढुवा सिफारिस समितिमा गृहसचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य सचिव हुन्छन् । बढुवा सिफारिस समितिले बढुवाउपर चित्त नबुझे उजुरी गर्नको लागि सात दिनको समय दिएको छ। सात दिनपछि मन्त्रीपरिषदको बैठले एआईजी बढुवाको निर्णय गर्नेछ ।