काठमाडौं, असार १५ । काठमाडौंका विभिन्न सहकारीबाट ४३ लाख ९७ हजार ३२६ रुपैयाँ चोरेको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नुवाकोट वेल्कोट नगरपालिका–९ घर भई हाल काठमाडौंको जोरपाटी बस्दै आएका २२ वर्षीय दिपक गजुरेल रहेका छन् ।
हानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी सहायक निरीक्षक सुरज थापाको नेतृत्वको टोलीले अनामनगरबाट पक्राउ गरेको हो । प्रहरी अनुसन्धानका क्रममा उनले विभिन्न मितिमा ७ वटा सहकारीबाट ४४ लाख रुपैयाँ र सुनका गहना चोरेको खुलेको छ ।चोरी गरेको सुनका गर – गहना ,घडी ,जाकेट लगायत सामाग्री बरामत भयको प्रहरीले जनाएको छ ।

यस्तो छ २२ वर्षीय दिपक गजुरेल चोरी श्रृङ्खला ?
२०७७-१०-१५ गते बानेश्वर स्थित बेबिलोन उपभोक्ता सहकारी संस्था बाट ७ लाख २ हजार ६३६ चोरेको ।
२०७७-१०-२१ गते शंखमुल स्थित घर संसार उपभोक्ता सहकारी सस्थाबाट २ लाख २४ हजार ९५ रुपैयाँ चोरेको ।
२०७७-११-१३ गते राति गौशाला मित्रपार्क स्थित पन्च श्री वचत तथा ऋण सहकारी संस्थाबाट १४ लाख ९८ हजार ४७० रुपैयाँ चोरेको ।
२०७७-११-१४ गते कोटेश्वर स्थित सिमश स्वामी वचत तथा ऋण सहकारी संस्थाबाट २ लाख चोरेको ।
२०७७-१२-४ गते बानेश्वर स्थित सन्दुक वचत तथा ऋण सहकारी संस्थाबाट १० लाख १३ हजार ६२५ चोरेको ।
२०७८-२-१३ गते मैतिदेवी स्थित जेष्ठ आइडोलोजी वचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख, १ मोबाइल र १ थान ल्यापटप चोरेको ।
२०७८- २- १३ गते मैतिदेवी स्थित गैथली वचत तथा ऋण सहकारी संस्थाबाट २ लाख ५८ हजार ५०० र ९ तोला सुनको गरगहना चोरेको ।
उनको साथबाट सिसा काट्ने मेसिन थान १ ,मास्टर चाबी थान–१ ,घटनाम प्रयोग भएका विभिन्न कपडाहरू र विभिन्न बैंकको खातामा नगद जम्मा गरेको रसिदहरू बरामद भएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्