जनता टाइम्स

१५ असार २०७८, मंगलवार १५:३३

पत्नीले नै गरिन पतिको हत्या


बर्दिया, १५ असार । बर्दियाको मधुवन नगरपालिकामा पत्नीले नै पतिको हत्या गरेकी छन । प्रहरीका अनुसार घरायसी बिवाद हुँदा मधुवन ४ बादरभरिया बस्ने ३८ वर्षीय सीता थारुले छोराको समेत साथ लिएर पति ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरी हत्या गरेकी हुन । प्रहरीले हत्या अभियोगमा पत्नी सीता र १८ बर्षीय छोरा किशोर थारुलाई पक्राउ गरेको छ ।

घरायसी विवादमा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका लक्षिरामको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।