काठमाडौं, असार १५
भारतमा आयोजना हुने भनिएको आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएई र ओमानमा संयुक्त रुपमा हुने भएको छ । भारतमा कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप युएई र ओमानमा सारिएको हो । अन्र्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज विश्वकप युएई र ओमानमा सारेको जनाएको हो ।
आईसीसीले प्रतियोगिताको आयोजक भने बीसीसीआई नै रहने जनाएको छ । आईसीसीले विश्वकप युएईको चार र ओमानको एक मैदानमा हुने जनाएको छ । १६ टिमले प्रतिस्पर्धा गर्ने विश्वकप अक्टोबर १७ बाट सुरु हुने बताईएको छ । फाइनल खेल नोभेम्बर १४ मा हुने बताईएको छ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट सकिएको दुई दिनपछि विश्वकप सुरु हुने बताईएको छ ।
कोरोनाको कारण आईपीएलको बाँकी खेलहरु युएईमा हुदैछ । आईपीएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म हुने क्रिकइन्फोले जनाएको छ । प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्