काठमाडौं, असार १५ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी हुन माधव नेपाल समुहका नेतालाई निम्तो पठाएको छ । एमालेले कारबाहीमा परेका नेपालसहित ११ जना नेताहरूबाहेक सबैलाई उपस्थित हुन निमन्त्रणा गरेको हो ।
पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आयोजक कमिटीको बैठकमा उपस्थितका लागि वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कासहित ११ जनाबाहेकका सबै नेतालाई निमन्त्रणा गरिएको छ । ‘पार्टी बैठकमा यसअघि कारबाहीमा परेकालाई बाहेक सबैलाई बोलाइएको छ’, तामाङले भन्नुभयो, ‘बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।’
बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने बताइएको छ । हाल ११९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ ।













प्रतिक्रिया दिनुहोस्