काठमाडौं, असार १५
प्रधानमन्त्री केपी शर्मा ओलीले हिरासतमा रहेकी घरबेटीलाई छुटाउन पुगेको विषयमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराउनुभएको छ । आवेशमा आएर यस्तो काम नगर्न प्रधानमन्त्रीले सचेत गराउनुभएको हो । आज एक पत्रकार सम्मेलनमा कानूनमन्त्री लीलानाथ श्रेष्ठले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको कामलाई ‘दुर्भाग्यपूर्ण’ भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गाडीमा चढाएर लैजानु दुर्भाग्यपूर्ण हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले हिजो मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है, यो ठीक भएन भन्नुभएको छ । यसमा प्रधानमन्त्री स्वयम्को पनि ध्यानाकर्षण भएको छ ।’
यसअघि सञ्चारकर्मी रुपालाई दलित भन्दै कोठा भाडामा नदिएपछि प्रहरीले बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेपछि प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिनुभएको थियो । यस विषय सर्वत्र आलोचना भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्