जनता टाइम्स

१५ असार २०७८, मंगलवार २०:५०

औपचारिक रुपमै जेठ २ मा फर्कियो एमाले, बिहीवार एकतापूर्वको केन्द्रीय कमिटी बैठक


काठमाडौं, असार १५ । नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ ।

आज बसेको स्थायी समिति बैठकले २०७५ जेठ २ मा फर्काउने निर्णय गर्दै बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।

एमाले प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार माधव नेपाल समुहको मागअनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो ।

१८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने छ ।