जनता टाइम्स

१६ असार २०७८, बुधबार १४:१४

सकियो एमाले बैठक : महाधिवेशन आयोजक कमिटी भंग, माधव पक्षमाथिको कारवाही निष्क्रिय


काठमाडौं, असार १६ । सत्तारुढ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएको छ । यो निर्णयसँगै अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने भएका छन ।

बुधवार बसेको महाधिवेशन आयोजक कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरी नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ । महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी जेठ २ को अवस्थामा फर्किएकोले कार्वाही स्वतः निश्कृय भएको बताउनु भयो । उहाँले सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार यसबीचमा भएका सबै कारवाही निश्प्रभावी भएको बताउनु भयो ।