जनता टाइम्स

१६ असार २०७८, बुधबार १४:२९

झलनाथ खनालको सवै उपचार खर्च एमालेले बेहोर्ने


काठमाडौं, असार १६ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च पार्टीले नै व्यहोर्ने भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा खनालको उपचार खर्च पार्टीले बेहोर्ने जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले बरिष्ठ नेता खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने जानकारी गराउनु भएको थियो । मृगौलासम्बन्धी समस्या देखिएपछि वरिष्ठ नेता खनाल हाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहनु भएको छ । उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।