काठमाडौं, असार १६ । दलित युवतीलाई घरमा कोठा नदिएको आरोपमा तीन दिन हिरासतमा बसेर निस्कनु भएकी घरबेटी सरस्वती प्रधानले रुपा सुनारकैबिरुद्ध उजुरी दिनुभएको छ । प्रधानले आज सुनारले आफ्नो मानवअधिकार हनन गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिनुभएको हो ।
टेलिभिजनमा कार्यक्रम प्रस्तोतासमेत रहनुभएकी रुपाले आफ्नो मञ्जुरी बिना नै फोन रेकर्ड गरी व्यक्तिगत स्वतन्त्रता हनन गरेको प्रधानको उजुरीमा उल्लेख छ । ‘म बसिआएको घरको घरधनी म नभई मेरो पति मुकुन्द्र प्रधान र सासुआमा भएकोले मलाई घर भाडामा राख्ने अधिकार नै नभएको भएतापनि मलाई घरधनी भनी झुठ्ठा आरोप लगाई जलसाज गरी मेरो मानवअधिकार हनन गरेको,’ सरस्वतीले उजुरीमा लैख्नुभएको छ । प्रधानले उजुरीमा आपराधिक नियतका साथ रुपाले आवश्यकताविना नै कोठा खोज्न आएर बहानावाजी गरेको र आफूबिरुद्ध षडयन्त्र गरेको जिकिर पनि गरिएको छ ।
निज रुपा सुनारल आफैले आफूलाई कामीको छोरी भनी आफूले आफैलाई अपमान गर्ने, होच्याउने जस्ता सामाजिक र नैतिक पतन हुने गरी ब्यवहार देखाएकोले त्यस्तो चरित्र देखाउने जुनसुकै थरका ब्यक्तिलाई कसैले पनि भाडामा दिन सक्दैन । त्यसकारण त्यस्ता सामाजिक नैतिक पतन देखाउने मानवीय अधिकारहरु हनन समेत गरेको

‘मेरो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसकै प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिई गैरकानूनी एवं मेरो वैयक्तिक जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहपूर्वक थुनाइएको छ,’ उजुरीमा भनिएको छ । दुईवटा कोठा १२ हजार रुपैयाँमा दिने भनेर कुरा मिलिसक्दा रुपाले नै जातको कुरा निकालेको सरस्वतीले बताएकी छन् । साथै उनी आफ्नो आमालाई देखाउनुपर्छ भनेर हिँडेको सरस्वतीको भनाइ छ । सरस्वतीले रुपासहित उहाँसँगै आएका दुई साथीहरुलाई पनि कारवाहीको माग गर्नुभएको छ । आफूबाट जातीय छुवाछुतको कुनै व्यवहार नभएको तर रुपाबाटै भएको सरस्वतीको दावी छ ।
मेरो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसकै प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिई गैरकानूनी एवं मेरो वैयक्तिक जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहपूर्वक थुनाइएको छ

‘निज रुपा सुनारल आफैले आफूलाई कामीको छोरी भनी आफूले आफैलाई अपमान गर्ने, होच्याउने जस्ता सामाजिक र नैतिक पतन हुने गरी ब्यवहार देखाएकोले त्यस्तो चरित्र देखाउने जुनसुकै थरका ब्यक्तिलाई कसैले पनि भाडामा दिन सक्दैन । त्यसकारण त्यस्ता सामाजिक नैतिक पतन देखाउने मानवीय अधिकारहरु हनन समेत गरेको,’ रुपाबिरुद्धको उजुरीमा सरस्वतीले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्