झापा, असार १६
प्रगतिशील साहित्यका एक नक्षत्र तेजराज खतिवडा (तेराख) को निधन भएको छ । बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको उहाँको आज दिउँसो साढे १ बजे ७८ वर्षको उमेरमा निधन भएको हो । श्वासप्रश्वास तथा ढाडको समस्या भएपछि उहाँलाई यसअघि आइतबार बिराट नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो । नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा परिचित तेराखको ‘सर्वजा’ सबैभन्दा प्रख्यात उपन्यास हो ।
उहाँको काव्य–कविता प्रिया (खण्डकाव्य), प्रिय शान्तिनगर (खण्डकाव्य), अलपत्रेका फुलहरु (कविता संग्रह), पश्चिमी हावा प्रकाशित छन् । २००१ सालमा झापाको शान्तिनगरमा जन्मिनुभएको उहाँको दर्जन बढी कृति चर्चित छन् । साहित्य नै सबथोक ठान्ने खतिवडा अनवरत रुपमा विभिन्न विधामा कलम चलाउँदै आउनुभएको थियो ।
त्यस्तै, कथासंग्रह सिमीको बोट, मेको प्रेम, निबन्धमा ढाडेका नाकमा घिऊ, म आगो र पानीहरु, नाटकमा अझै यहाँ उस्तै छ, टेस्टट्यूब बेबी, उपन्यासमा रातको बाह्र बजे, सर्वजा, अवस्थल, वाङ्मयमा महिलाहरुमा झापालीको सन्देश, गोल चिन्तन (विज्ञान दर्शन), खोजमा महानन्द दर्पण (भाषाशास्त्री महानन्दको परिचय), मय विधाको प्रस्तावना प्रकाशित कृति हुन् ।













प्रतिक्रिया दिनुहोस्