जनता टाइम्स

१६ असार २०७८, बुधबार २०:१०

मदिरा खुवाइ राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जना कारागार चलान


सुर्खेत, असार १६ । राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बुधवार उनीहरूलाई पुर्पक्षका लागि कारागार चलन गरिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ ।

न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले बुधवार दुई जना राउटे युवतीलाई होटलमा लिएर मदिरा खुवाइ यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । अदालतका स्रेस्तेदार यमप्रसाद बास्कोटाले बुधवार अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जानकारी दिनुभयो । यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि गएको जेठ २३ गते उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।