काठमाडौं, असार १७ । नेपाली चेली सविना श्रेष्ठ कोभिड–१९ विरूद्ध जोन्सन भ्याक्सिनले उत्पादन गरेको कम्पनीको उत्कृष्ट कर्मचारी घोषित हुनुभएको छ । कोरोना भाइरसविरूद्धको भ्याक्सिन उत्पादन कम्पनीमा जोन्सन एण्ड जोन्सन उत्कृष्ट मानिन्छ। यो कम्पनीबाट उत्पादित भ्याक्सिनमा विश्व चर्चित व्यक्तित्व बिल गेट्सको लगानी छ।
पोखराबाट अध्ययन गरेर नेदरल्याण्ड पुग्नुभएकी सविनाले इन्जिनियरिङको पढाई पुरा गर्नुभएको छ । उहाँलाई यसै साता जोन्सनले ‘हिरो मेडल’ बाट सम्मानित गरेको थियो। २६ वर्षकी सविनाकी बहिनी सरु श्रेष्ठको हालै अन्तरिक्षमा यान तथा सेटलाइट पठाउने टोलीमा नाम सार्वजनिक भएको थियो।
प्रतिक्रिया दिनुहोस्