काठमाडौं, असार १७
नेपालमा आज ४ हजार १७ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै २ हजार ७६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार १३० पीसीआर र ३ हजार ८५५ जनाको एन्टीजेन गरि जम्मा १० हजार ९८५ जनाको कोरोना परीक्षण भएको छ ।
जसमा १८ सय ५७ पीसीआर र ९०३ जनाको एन्टीजेनमा पोजेटिभ देखिएको हो । हाल देशभर ३१ हजार ३६८ जना सक्रिय संक्रमित छन् । त्यस्तै आज काठमाडौं उपत्यकामा ४५८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० गरी ४५८ जनामा कोरोना पुष्टि मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्