जनता टाइम्स

१८ असार २०७८, शुक्रबार ०७:५६

बागमती-गण्डकी, कर्णालीसहित पाँच प्रदेशमा भारी बर्षा, उच्च सतर्कता अपनाउन सूचना


काठमाडौं, असार १८ । मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको संभावना रहेको भन्दै सच्च सतर्कता अपनाउन सुझाव दिएको छ । महाशाखाले ती प्रदेशका एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।