काठमाडौं, असार १८
सर्वोच्च अदालतले कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटासहित चार जनप्रतिनिधिलाई पुनर्वहाली गर्न आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले उनीहरूलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
नेकपा माओवादीबाट चुनावमा भाग लिनुभएको उपमेयरसहित तीन वडाअध्यक्ष एमाले बनेपछि माओवादीले पदमुक्त गराएको थियो । उपप्रमुख देवकोटासहित गोदावरी नगरपालिकाका प्रवत्ता एवं वडा नम्बर–१ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका–४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका–४ का वडाध्यक्ष पुरन बि.सि लाई पुनर्वहाली गर्न सर्वोच्चले आदेश दिएको हो ।
यसअघि माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो ।














प्रतिक्रिया दिनुहोस्