जनता टाइम्स

१८ असार २०७८, शुक्रबार १९:५६

ओली–बामदेवले खोलेको त्यो गम्भीर रहष्य


काठमाडौं, असार १८ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमले जतिसुकै धेरै षडयन्त्र गरे पनि एमालेलाई कमजोर बनाउन नसकिने रहष्य खोल्नुभएको छ ।

२०७५ जेठ ३ पछि नवौं महाधिवेशनबाट निर्वाचित एमाले पदाधिकारीसहितको केन्द्रीय कमिटीको आज बसेको पहिलो बैठकमा सहभागी भएर गौतमले अध्यक्ष ओलीलाई दह्रो साथ रहेको रहष्य खोल्नुभएको छ भने अध्यक्ष ओलीले पार्टी एकताको अभियान अघि बढाउने बिशेष जिम्मेवारी दिएर पार्टी काममा फर्कने नेता कार्यकर्तालाई एमालेमा कुनै पनि बिभेद नहुने प्रष्ट सन्देश दिनुभएको छ । आजको बैठकपछि नेकपा एमाले झनै बलियो बन्ने प्रष्ट मार्गचित्र अघि बढेको सन्देश पनि नेताहरुले दिनुभएको छ ।

तस्वीर : राजन काफ्ले, प्रधानमन्त्रीको नीजि सचिवालय