काठमाडौं, असार १८ । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीलाई बर्खास्त गर्न माग गर्नुभएको छ ।
केसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी उपकुलपति ज्ञानेन्द्र गिरीसहित शीर्ष नेतृत्वमा रहेका रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकलाई बर्खास्त गर्न माग गर्नुभएको हो । चारै जना पदाधिकारीले अस्पताललाई बर्बादीतर्फ धकेलेको र चिकित्सक, विद्यार्थी र नर्सहरू आन्दोलित बनेको भन्दै केसीले बर्खास्त गर्न माग गर्नुभएको छ ।
‘बिपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरूले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेका छन । त्यसैले उनीहरूले तत्काल पद खाली गर्नुपर्छ र पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिएअनुसार दलीय बफादारिता नभई वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्छ,’ केसीले बिज्ञप्तीमा भन्नुभएको छ । पूर्वी नेपालको स्वास्थ्य सेवा तथा देशकै मेडिकल शिक्षाको धरोहरका रूपमा स्थापना भएको प्रतिष्ठान अहिले धरासायी हुने अवस्थामा रहेको केसीले बताउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्