जनता टाइम्स

१९ असार २०७८, शनिबार ०७:१९

प्रधानमन्त्रीलाई अमित ढकालको अर्तीबुद्धि पढेपछि


मानौँ दलितलाई कोठाभाडा ओलीकै कारण नदिएको हो । दलित र गैरदलित बीच भेदभाव ओलीकै कारण भइरहेको हो । भलबाढी पनि ओलीले नै ल्याइदिएको हो । कोभिड कोरोना महामारी पनि ओलीले नै ल्याइदिएको हो भनेझैँ छिचिमिराहरु कोकोहोलो गरिरहेको देख्दा अचम्म लाग्छ । यिनका बोलीलोली हेर्दा यी आफैँ बोलिरहेका छैनन्, कसैले न कसैले यिनलाई कुसुलेले झैँ नचाइरहेको आभास हुन्छ । पाँच पञ्च प्रधानमन्त्री त निर्दलीय अभ्यासमा दत्त चित्त भएर कसैको इसारामा देशलाई ठूलै भड्खालमा जाक्न मरिमेटेर लागि रहेका छन् भने यसैका खातिर मोटो जागिर खानेहरुको त के कुरा भयो र ?

प्रा.डा. बद्रीविशाल पोखरेल

धनका कुवेरलाई नै धन सम्पत्ति दान दिने अदना मान्छे देख्दा अचम्म लाग्यो । जुनकिरीले जूनलाई झलमल्ल झुल्किनु पर्छ भनेर अर्तीबुद्धि गर्दा लाज नै लजायो । आकासका टिमटिमे ताराहरुले सूर्यलाई झलमल्ल भएर झुल्किनु पर्छ भन्दा चरम सरम भयो । अर्ती उपदेशकै बेइज्जति हुने गरी अर्ती उपदेश दिँदा यो कलमजीवी हैरान भयो । रत्नाकार डाँका र अङ्गुलीमाल जस्ता मानवका क्रुर हत्यारालाई शुद्धबुद्ध बनाउने महामानवलाई अर्तिउपदेश गर्ने हैसियतको महानतम मानव फेसबुकमा जन्मिएको देख्दा उहाँको दर्शन गर्न सकसक लाग्यो । यस्तै खालका छिनछिनमा उठ्ने र फुट्ने चरम फतुरे र बतुरे मौखिक र लिखित अभिव्यक्ति सुनेर र देखेर हैरान भएर होला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक लेखमार्फत ढकालको बौद्धिक नौ नारी र नाडी छामेका होलान् । प्रधानमन्त्रीका बेतलबी, बेसोमति र बगबासी सल्लाहकारककै भीडमा अर्का पत्रकार देखा परेकामा यस लेखकलाई कुनै अचम्म लागेको छैन ।

ओलीले भनेझैँ साह्रै भलाद्मी भएर बस्दा अति हेलाहोचो गरेको देखेर यस्ता अनर्गल लेख लेख्ने कृत्रिम जाँगरलाई नै भुतुक्क पार्ने गरी यो प्रतिवादी लेख लेखिएको हो । अरु काम केही नै नपाएझैँ लगातार, पटकपटक सर्वथा अनुचित, अतार्किक, कपोलपल्पित यतिविघ्न आरोप र फतुरलाई अब आइन्दा उठ्नै नसक्ने गरी थला पार्न यो लेखोट तयार पारिएको हो । असार १४ गते एक अनलाइन खबर पत्रिकामा कहलि का एक वरिष्ठ पत्रकार र लेखक अमित ढकालले प्रधानमन्त्रीज्यू तपार्ईँको जीवनकै यादगार सम्बोधन गर्नु होस् भन्ने शीर्षक लेख पढेपछि असहनीय भइयो । उक्त लेख्ने ढकालले उ गरेर उ गर्छु भन्ने र आफूले नै बोलेको आफैँ नबुझ्ने भूतपूर्व प्रधानमन्त्रीको मन्तव्य मन नपराएको कहिल्यै उल्लेख गरेनन् । ती प्रधानमन्त्रीहरु धेरै बुद्धिमानी, ज्ञानी, ध्यानी र मानी भएकाले ढकालले तिनलाई अर्ती बुद्धि दिनु उपयुक्त ठहर्याएनन् । किनकि तिनीहरु आफ्नै मत,मतियार र मतियारी जो परे । आफ्नू त पाद पनि उति गन्हाउँदैन नि ।

नाक कान जस्ता इन्द्रियहरु दुईदुई हुनु र मुख एउटै हुनुको अर्थ सोची विचारी बोल्नु र लेख्नु भन्ने हो तर पुर्खाहरुले जथाभावी प्याच्च नबोल्नु भनेको अर्ती बुद्धि ढकालले नबिर्सेको भए लेखका नाममा एकाहा गाली पुराण लेख्तैनथे । आफ्नै आमालाई आमाचकारी गाली गर्ने थापा,भट्टराई,बन्दी उपनामका कानुन्चीहरुको कमी नरहेको यस मुलुकमा तिनलाई तथ्य,तर्क र वास्तविकताका आधारमा नजवाफ पार्ने हैसियतका मान्छे छन् भन्ने यो पहिलो जनाउ हो ।

ढकालले लेखमा प्रधानमन्त्री ओलीले धेरै पटक संम्बोधन गरेर वाक्क पार्नु भयो भने । यसको मतलब कतिपय ओली विरोधी फेक र पेड तथा मेक मिडियाहरु ओलीको एक संवोधनले ध्वस्त भएकामा ढकाल अत्यन्त चिन्तित भएर तिलमिलाएको स्पष्ट हुन्छ । नत्र आम जनताको ठेक्का लिएर आम मानिसलाई वाक्क लाग्ने गरी ओलीले बोल्नु भयो किन भन्नु पथ्र्यो ? भारतीय प्रधानमन्त्री मोदी पनि आफू्र विरुद्ध तथानाम गर्नेहरुलाई लक्षित गरेर एक झुटलाई सात सही सत्य जवाफले मात्र ठेगान लगाउन सकिन्छ भन्छन् र त्यसै अनुसार गर्छन् पनि । लेखमा ढकालले प्रधानमन्त्रीका कुनै पनि सम्बोधन पछिसम्म सम्झन लायक छैनन् भन्छन् तर बुझेर भन्छन् कि नबुझेर भन्छन् त्यसमा यो लेखक धेरै अलमल्ल परेको छ ।

माथि उल्लेख गरेका प्रधानमन्त्री द्वयका अभिव्यक्ति चाहिँ ढकाल जस्ता लेखक पत्रकारहरु नसुने पनि सुन्छन्, नबुझे पनि बुझ्छन् मिलाइ मिलाई अर्थ लगाउँछन् । उनीहरुले बोलेका शब्द मात्र सुनेर वाक्य बनाइदिन्छन्, वाक्य सुनेर अनुच्छेद बनाइ दिन्छन् । अनि आधा आधा बुझेर पनि तिनका पूरा लेख पनि तयार पारिदिने महान् क्षमता तिनले राख्छन् । अनि तिनका अपूरा र अधूरा र अर्ध अर्ध खालका मौखिक र लिखित अभिव्यक्तिहरु ढकालहरुका लागि गायत्री मन्त्र बन्छन् । सधैँ जप्छन् । तिनका ती अभिव्यक्तिहरु भावी सन्ततिका लागि अनमोल शिक्षा हुन्छन्,वेद,पुराण र कुरान बन्छन् ढकालहरु इस्तै ठान्छन् । तिनका अगाडि प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरु कुनै माने र महत्वका हुँदैनन्, ढकालजीको लेखको चुरो कुरो यही देखिन्छ । ढकालहरुमा धेरै ग्ुण भएर पनि कम गुणलाई वास्ता नगरेको पो हो कि ?

तर शब्दहरुका ताँती मात्र लगाएर लेख र रचना बन्दैनन् । शब्दकोश शब्दहरु थुपारेर मात्र महाकाव्य बन्दैन । विभिन्न मिडियाहरुमा क्षणिक आत्मसन्तुष्टिका लागि गरिएका प्रलापहरु राजनैतिक विश्लेषण हुँदैनन् । नाक कान जस्ता इन्द्रियहरु दुईदुई हुनु र मुख एउटै हुनुको अर्थ सोची विचारी बोल्नु र लेख्नु भन्ने हो तर पुर्खाहरुले जथाभावी प्याच्च नबोल्नु भनेको अर्ती बुद्धि ढकालले नबिर्सेको भए लेखका नाममा एकाहा गाली पुराण लेख्तैनथे । आफ्नै आमालाई आमाचकारी गाली गर्ने थापा,भट्टराई,बन्दी उपनामका कानुन्चीहरुको कमी नरहेको यस मुलुकमा तिनलाई तथ्य,तर्क र वास्तविकताका आधारमा नजवाफ पार्ने हैसियतका मान्छे छन् भन्ने यो पहिलो जनाउ हो । शब्दको तीर चलाउनु पर्यो भने तिनलाई ठाउँको ठाउँ थला पार्न सकिन्छ । यहाँ सत्यका लागि बिस पिउन तयार सुरातहरु छन् । तिनका अगाडि अतिसामान्य पेटु मानवहरु मानव आकृति मात्र हुन् ।

लेखक विश्लेषक भन्नेहरु दिनभरि ठसठसी कन्दा पनि गुदीदार लेख,रचना र कृति तयार हुँदैन । तर त्यहीँ जसका धारा प्रवाह मन्तव्यहरु लेख बन्छन्, जसका अभिव्यक्तिहरु पुस्तकाकार कृति बन्छन् । जसको विचार प्रवाहमा देशको सर्वाङ्गीण समस्याको समाधान प्रस्तुत हुन्छ । जसका स्वतःस्फूर्त सिर्जनामा देश,जनता र जनजीविकाको मार्ग प्रसस्त हुन्छ । जसको अडानमा अन्तराष्ट्र चुपचाप खडा हुन्छ । जसको अठोटमा विभीषहरु गल्छन्,ढल्छन् र म्ुर्छा पर्छन् । माओले भनेझैँ ओलीसित जे छ, त्यही शक्ति हो र देशको तागत हो । झिँगाको सरापले डिँगो मर्दैन । ओलीलाई अशिष्ट र अभद्र बोली र व्यवहारबाट प्रधानमन्त्रीबाट हटाउन खुल्ला सडक छाप संवाद र उद्घोष गर्नेहरु त थाके ,पाके र भुइँमा झरे भने ढकालले लेखमा ओलीलाई चाँडै कुर्सीबाट झर्न सुझाएको सल्लाह दाहाल,नेपाल वा देउपा मध्ये कसको हो कि सबैको को हो खुलेर भने भैगो त ।

मानौँ दलितलाई कोठाभाडा ओलीकै कारण नदिएको हो । दलित र गैरदलित बीच भेदभाव ओलीकै कारण भइरहेको हो । भलबाढी पनि ओलीले नै ल्याइदिएको हो । कोभिड कोरोना महामारी पनि ओलीले नै ल्याइदिएको हो भनेझैँ छिचिमिराहरु कोकोहोलो गरिरहेको देख्दा अचम्म लाग्छ । यिनका बोलीलोली हेर्दा यी आफैँ बोलिरहेका छैनन्, कसैले न कसैले यिनलाई कुसुलेले झैँ नचाइरहेको आभास हुन्छ । पाँच पञ्च प्रधानमन्त्री त निर्दलीय अभ्यासमा दत्त चित्त भएर कसैको इसारामा देशलाई ठूलै भड्खालमा जाक्न मरिमेटेर लागि रहेका छन् भने यसैका खातिर मोटो जागिर खानेहरुको त के कुरा भयो र ?