काठमाडौं, असार १९ । एमाले उपमहासचिव घनश्याम भुसाल बरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन उहाँकै निवास कोटेश्वर पुग्नुभएको छ । एमाले बिवाद समाधानका लागि प्रयाशरत कार्यदलको बैठककै बीच उपमहासचिव भुसाल नेपाल निवास कोटेश्वर पुग्नुभएको हो । भुसाल फर्किएपछि कार्यदलमा थप छलफल हुने भएको छ ।
सानेपास्थित होटल समिटमा जारी छलफलमा संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी हुनुहुन्छ बरिष्ठ नेता नेपाल पक्षबाट उपमहासचिव भुसालसहित स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी हुनुहुन्छ ।
पछिल्लो समय निकै गम्भीरतापुवर्क छलफल गरी कार्यदल सहमति निकट पुगेको भएपनि माधवकै कारण निश्कर्ष आउन सकेको छैन । सोही कारण माधव समुहका निकै प्रभावशाली मानिने उपमहासचिव भुसाल मनाउनका लागि नेपाललाई भेटन एक्लै जानुभएको हो ।













प्रतिक्रिया दिनुहोस्