जनता टाइम्स

१९ असार २०७८, शनिबार १६:२९

एमाले केन्द्रीय कमिटी बैठक जारी, महासचिव पोखरेलद्वारा संगठनात्मक प्रस्ताव पेश


काठमाडौं, १९ असार। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ । बैठकको दोस्रो दिन शनिबार बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गर्नुभएको छ ।

माधव नेपाल पक्षसँग एकताको अन्तिम प्रयास भइरहेका बेला केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको विषयमा समेत छलफल हुने भएको छ । मंसिरमा निर्धारित एमालेको दशौं महाधिवेशन भदौ अन्तिम वा असोजमा सार्ने बारेमा समेत अनौपचारिक छलफल भएको छ । आजको बैठक विशेषगरी संगठनात्मक विषयमै केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । संगठनात्मक प्रस्तावमा पार्टीको विधान, महाधिवेशनदेखि, राष्ट्रिय प्रतिनिधि परिषद् गठन र सदस्यता नवीकरण लगायतका विषय समेटिएका छन् । माधव नेपाल पक्षसँगको वार्ता पनि जारी रहेकाले सकेसम्म यही बैठकबाट पार्टी एकताको टुंगो लगाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।