काठमाडौं, असार २०
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने भन्दै पुर्व प्रधानमन्त्री माधवकुमार नेपालप्रती कटाक्ष गर्नुभएको छ । सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै पोखरेलले उक्त कुरा बताउनु भएको हो ।
पार्टी एकताका लागि कसरत गरिरहेका दोस्रो तहका केही नेता नेपालको निवासमा कोटेश्वरमा पुगी छलफल गर्नुभएको थियो । तर माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागि दिएको हस्ताक्षर फिर्ता लिँदा धोका दिएको हुने भन्दै फिर्ता नलिने अडानपछी महासचिवको ट्विट आएको हो ।
उहाँले भन्नुभएको छ,‘पार्टी नेतृत्वकाविरूद्ध गठवन्धनको वकालत गर्ने– त्यसमा ‘निष्ठापूर्ण प्रतिवद्धता’ जनाउने : आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने !! अनि पार्टी एकताको गीत गाइरहने !! हत्तेरिका कसरी सकेको !!’













प्रतिक्रिया दिनुहोस्