जनता टाइम्स

२१ असार २०७८, सोमबार ०७:०३

काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का



काठमाडौं, असार २१ । सोमबार बिहान काठमाडौं कुलेश्वर आसपास केन्द्रविन्दु भएको ३.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।
लैनचौरस्थित भूकम्पमापन केन्द्रका अनुसार बिहान ६ : ३२ मिनेट जाँदा सो भूकम्प गएको थियो ।

भूकम्पको धक्का काठमाडौँ आसपासको धादिङ, नुवाकोट, काभ्रे लगायतको जिल्लामा समेत गरिएको थियो ।