जनता टाइम्स

३० जेष्ठ २०७६, बिहीबार १५:५८

रमेश पौडेलको ठोकुवा : भूमाफियाहरुले गुठी विधेयक नेवार समुदायविरोधी छ भन्दै दुष्प्रचारमा उत्रिए


मलाई अचम्म लागेको छ, उनीहरुले गुठी विधेयक धर्म संस्कृति र जातजाति विरोधी छ भनेर यति धेरै भ्रम फैलाइरहेका छन् कि जनताको एउटा तप्का भ्रमित हुन थालेको छ । उनीहरुले विधेयकका खासखास टुक्रा निकालेर नकारात्मक ढंगले प्रचार गरिरहेका छन् । म सबैलाई विधेयक पढ्न अनुरोध गर्छु

काठमाडौं, जेठ ३०

युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले गुठी विधेयकविरुद्ध आन्दोलन गर्नेहरु भूमाफिया र सडक बिस्तारमा अवरोध गर्ने नाइकेहरु रहेको ठोकुवा गर्नुभएको छ । सरकारले गुठीलाई ब्यवस्थित गरी भूमाफियाबिरुद्ध अभियान चलाउन बिद्येयक ल्याएको ठोकुवा गर्दै पौडेलले बिरोध भएकोमा आश्चर्य प्रकट गर्नुभयो ।

‘गुठी विधेयक मैले पूरै पढें । राष्ट्रिय सभामा दर्ता भएको छ । सार्वजनिक भइसकेको दस्तावेजका बारेमा समेत यति झुठ कुरा गरेर सर्वसाधारणलाई भ्रममा पार्ने प्रयास देखेर म छक्क परेको छु,’ सहसंयोजक पौडेलले जनटाताइम्ससँग भन्नुभयो । उहाँले काठमाडौं उपत्यकाको सडक बिस्तारमा अवरोध गर्ने समुह र नेपाली कांग्रेसको आवरणमा गुठीका नाममा जग्गा हडपेर बस्नेहरुले नेवार समुदायबिरुद्ध सरकार लाग्यो भन्दै बिद्येयकको बिरोध गरिरहेको जिकिर पनि गर्नुभयो ।

गुठी विधेयकविरुद्ध मधेसवादी दलभित्रका केही पहाडी अनुहारहरुले आन्दोलन थालेको र उनीहरुका पछाडि नेपाली कांग्रेस लाग्नु अनौठो भएको पौडेलको भनाई छ । ‘कुनै न कुनै बहानामा उनीहरुलाई आन्दोलन गर्नु थियो, आन्दोलन पनि जातीय, धार्मिक सदभाव विथोल्ने खालको गर्नु थियो, उनीहरुले गुठी विधेयकलाई बहाना बनाए, मुलुकको समृद्धि नचाहने र जातीय, क्षेत्रीय आधारमा मुलुकबासीलाई बिचाजन गर्ने मनसायका साथ यो आन्दोलन भइरहेको छ,’ पौडेलको भानई छ ।

पौडेलले गुठी विधेयक धर्म संस्कृति र जातजाति विरोधी छ भनेर यति धेरै भ्रम फैलाइरहेकोप्रति भने कडा प्रतिवाद गर्नुभयो । ‘मलाई अचम्म लागेको छ, उनीहरुले गुठी विधेयक धर्म संस्कृति र जातजाति विरोधी छ भनेर यति धेरै भ्रम फैलाइरहेका छन् कि जनताको एउटा तप्का भ्रमित हुन थालेको छ । उनीहरुले विधेयकका खासखास टुक्रा निकालेर नकारात्मक ढंगले प्रचार गरिरहेका छन् । म सबैलाई विधेयक पढ्न अनुरोध गर्छु,’ पौडेलले भन्नुभयो ।

नेपालमा कांग्रेसले गुठी जग्गा स्वाहा पारेको पनि उहाँले बताउनु भयो । ‘०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री तथा भूमिसुधार मन्त्री हुनुहुन्थ्यो, उहाँले एक सय ६० रुपैयाँ तिरेर गुठी जग्गालाई रैतानीमा परिणत गर्न सकिने व्यवस्था ल्याउनुभयो, उहाँको पालामा ठूलो परिमाणमा गुठी जग्गालाई रैतानीमा परिणत गरेर लुट मच्चाइएको थियो । यही धन्दा गरेर कांग्रेसका धेरैजनाले काठमाडौंमा घर ठडाएका थिए,’ पौडेलले भन्नुभयो ।

पौडेलले ०४१ सालदेखि ०६४ साल बीचमा ११ लाख विगाहा जग्गा गुठीबाट रैतानीमा परिणत गरिएको तथ्यांकसमेत प्रस्तुत गर्नुभयो । ‘गुठी प्राधिकरण बनाइएपछि गुठीको जग्गा लुट्न नपाइने भयो । यसबाट भूमाफियाहरु पीडित हुने भए । त्यसैले भूमाफियाहरुले गुठी विधेयक खासगरी काठमाडौंको नेवार समुदाय विरोधी छ भनेर दुष्प्रचार गरिरहेका छन,’ पौडेलले भन्नुभयो । गुठी विधेयकले भूमाफिया र सामन्तहरुको मुटु हल्लिएको बताउँदै पौडेलले उनीहरुले कुनै हालतमा नजित्ने ठोकेवा पनि गर्नुभयो ।