काठमाडौं, असार २१ । साउन पहिलो सातासम्म चीनबाट ४० लाख डोज भेरोसेल खोप नेपाल आउने भएको छ । खोप ल्याउने अन्तिम तयारीसँगै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले खोप ल्याउने उडान तालिका नै सार्वजनिक गरेको छ । महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार निगमले सार्वजनिक गरेको सूचीअनुसार २३ जुलाई तारिखसम्म खोप ल्याउने गरी उडान तालिका तय गरेको हो ।
चीनको सिनोफार्म कम्पनीसँग भएको सरकारको नन–डिस्क्लोजर अग्रिमेन्ट अनुसार खोप ल्याउन लागिएको जनाइएको छ । पहिलो खेप ल्याउन असार २४ गते वायुसेवा निगमको जहाज बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।














प्रतिक्रिया दिनुहोस्