काठमाडौं, असार २१ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पहिले वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको भन्दै शेरबहादुर देउवाका वकिलसँग कडा प्रश्न गर्नुभएको छ । प्रधानन्यायाधीश जवराले बिगतमा बैकल्पिक सरकार बन्ने संभावना देखिएकाले आफूहरूले संसद पुनःस्थापना गरेको तर अहिले त्यस्तो अवस्था नभएको भन्दै यस्तो अवस्थामा के हुन्छ ? भनेर रिट निवेदक पक्षका कानून व्यवसायीलाई प्रश्न गर्नुभएको हो ।
संसद विघटन सम्बन्धी सर्वोच्च अदालतमा जारी सुनुवाइका क्रममा आज प्रधानन्यायाधीश जवराले वरिष्ठ अधिवक्ता हरिहर दाहालसमक्ष सो प्रश्न गर्नुभयो । ‘मैले हिजो पनि सोधेको थिए जवाफ आएन, हिजो ११ फागुनमा फैसला गर्दा एमालेको विकल्पमा सरकार बन्ने देखेर अदालतले संसद् पुनःस्थापना गर्यो । अहिले तपाईंकै निवेदनमा देख्दा त यस्तो विकल्प देखिन्न देखिन्न, त्यसले अब के हुन्छ ?’ प्रधानन्यायाधीशको प्रश्न थियो ।
राणाको प्रश्नको जवाफ दिँदै दाहालले वैकल्पिक सरकार बन्ने अवस्था रहेसम्म संसद विघटन गर्न नपाइने जिकिर गर्नुभयोे । ‘सार्थकता दिन्छ भनेरै आएका हौं, वैकल्पिक सरकार बन्ने अवस्था रहेसम्म विघटन गर्न पाइँदैन,’ दाहालले भन्नुभयो । तर बैकल्कि सरकार बन्ने संभावना के हो भनेर कुनै आधार दिनुभएन ।
त्यसपछि प्रधानन्यायाधीशले संविधानको धारा ७५ (५) प्रधानमन्त्री बनाउन हो कि संसदको स्थायित्वका लागि हो ? भन्ने प्रश्न तेस्र्याउनु भयो । ‘उपधारा ५ को व्यवस्था स्थायित्वका लागि हो कि प्रधानमन्त्री बनाउन मात्र हो ?,’ जवराको ‘संसद् आफ्नो आयु ५ वर्षसम्म चलोस भनेर हो कि प्रधानमन्त्री बनाउन मात्र हो ? तपाईंको रिट निवेदनको बुँदा हेर्दा त फेरि पनि संसद् आफनो पूरा आयुसम्म जीवित रहन्छ भन्ने कुरा । माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा यो कुराले सार्थकता दिन्छ जस्तो लाग्छ ?’ जवराको प्रश्न थियो ।













प्रतिक्रिया दिनुहोस्