जनता टाइम्स

२३ असार २०७८, बुधबार ०९:०५

बलिउड स्टार दिलिपकुमारको निधन


काठमाडौं, असार २३ । बलिउड स्टार दिलिपकुमारको निधन भएको छ । बुधबार बिहान साढे ७ बजे ९८ वर्षको उमेरमा मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको डा. पार्करलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घरमै उपचार गराउदै आइरहेका दिलीपको स्वास्थ्य अवस्था अचानक बिग्रन थालेपछि मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो । उनलाई फोक्सोमा संक्रमण देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धेरै पटक अस्पतालमा भर्ना गरिएको थियो ।