डडेल्धुरा, असार २३
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक महिलाको नागरिकता प्रतिलिपीमा पुरुषको तस्बिर टाँसेको पाइएको छ। प्रशासनले जिल्लाको अमरगढी नगरपालिका–१ भनेर ठेगाना उल्लेख गरिएको देवकी धामीको नागरिकतामा एक पुरुषको फोटो राखेर त्रुटि गरेको हो। धामीको नागरिकतामा अजयमेरु गाउँपालिका–१ समैजीका राजबहादुर भण्डारीको तस्बिर टाँसिएको हो।
यस विषयमा जिल्ला प्रशासनले त्रृटि भएको हुनसक्ने भन्दै सम्बन्धित व्यक्तिलाई बोलाएको जनाएको छ । उक्त नागरिकताको प्रतिलिपिमा भने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले हस्ताक्षर गर्नुभएको छ । नागरिकतामा महिलाको पतिको नाम नवराज धामी उल्लेख छ। उनको ठेगाना भागेश्वर गाउँपालिका–४ हो । अजयमेरुका भण्डारीको नाम ठेगाना उल्लेख भएको नागरिकतामा धामीको तस्बिर टाँसेर उहाँलाई दिएको हुनसक्ने आशंका गरिएको छ।













प्रतिक्रिया दिनुहोस्