काठमाडौं, असार २३ । लमजुङमा बुधबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ५७ मिनेटमा ४।२ म्याग्नेच्युडको भूकम्प गएको हो।भूकम्पबाट क्षति भएको विवरण आएको छैन। गत सोमबार बिहान काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु बनाएर ३।२ म्याग्नेच्युडको भूकम्प गएको थियो।
लमजुङको काप्रेचौर केन्द्रविन्दु बनाएर गयो भूकम्प













प्रतिक्रिया दिनुहोस्